इन्द्रसरोबरमा गाडी दुर्घटना हुँदा २ को मृत्यु

आश्विन ३०, २०७८ | मकवानपुर

मकवानपुर इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ नम्बरको सुमो शनिबार साँझ हेटौंडा–भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोबर–२ लामिबगरमा दुर्घटनामा परेको हो । 

यात्रु बोकेर जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट २ मिटर तल खोल्सामा खसेको मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । चालक सहित १० जना घाइते भएका मध्ये ६ जनालाई उपचारका लागि ललितपुरको पाटन अस्पताल पठाइएकोमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

मृतक दुई पुरुषको सनाखत भईनसकेको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो । सुमो चालक सहित अन्य ४ जनालाई थप उपचारका लागि हेटौंडा ल्याइएको र घाइते तथा मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया