पर्वतको कुश्मामा बस दुर्घटना, एकको मृत्यु

मंसिर १८, २०७८ | पर्वत

पर्वतको कुश्मा नगरपालिका–८ परादीमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । 

दुर्घटनामा मध्यपहाडी लोकमार्गमा कार्यरत सडक मजदुर उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

विरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको बाहक बसले २४ जना मजदुर लिएर पातीचौरबाट दोबिल्ला जाँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान ठक्कर दिएको थियो । 

पर्वत प्रहरीका अनुसार तीव्र गतिमा गुडेको बसले सोही दिशातर्फ गुडिरहेको ट्याक्टरलाई ठक्कर दिएको थियो । 

प्रहरीका अनुसार गम्भीर घाइते ५ जनालाई उपचारका लागि पोखरा पठाइएको छ । अन्य १८ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया