अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा एक पक्राउ

पुस १२, २०७८ | काठमाडौं

युट्युब च्यानल मार्फत अश्लीलता झल्कने सामग्री प्रशारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बागुङको निसीखोला गाउँपालिका–१ पाखापानी स्थायी घर भई काठमाडौंको अनामनगर बस्दै आएका ३१ वर्षीय रामबहादुर मल्ल रहेका छन् । 

साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानल मार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई युट्युब र सामाजिक सञ्जालमा प्रशारण गरेको भेटिएपछि ब्यूरोको टोलीले मल्ललाई पक्राउ गरेको हो । 

विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर मानिने भएकाले मल्ललाई पक्राउ गरेर अनुसन्धान गरिएको ब्यूरोले जनाएको छ । 

आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भईरहेको ब्यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बतनाउनुभयो । 


प्रतिक्रिया