सामूहिक बलात्कार घटनामा संलग्न रहेको आरोपमा ९ जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

पुस १४, २०७८ | काठमाडौं

सामूहिक बलात्कार घटनामा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलामाथि सोमबार साँझदेखि हिजो बिहानसम्म सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । 

प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले ९ जनालाई पक्राउ गरेको हो । ७ जना गएराती र २ जना आज बिहान पक्राउ परेका हुन् । थप अनुसन्धानपछि बृस्तृत जानकारी दिइने काठमाडौं प्रहरीले जनाएको छ । 


प्रतिक्रिया