हिउँमा फसेका बाबुछोरा भेटिएनन, खोज्न गएको हेलिकप्टर फर्कियो

पुस १७, २०७८

ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबु र छोरा खोज्न गएको हेलिकप्टर फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि सुकेटार विमानस्थल फर्किएको हो । सो क्षेत्रको मौषम बिग्रीएकाले भोली फेरि प्रयास गर्नेगरी सुकेटारमै राखिने वडाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो ।

 मिक्वाखोला गाउँपालिका ५ पापुङका लाक्पाटाँसी शेर्पा र उनका १४ वर्षिय छोरा पाशाङ १४ गते बेलुकादेखि हिउँमा फसेका छन् । चौरी गोठ पाल्दै आएका उनीहरु चौरीं गोठ सार्ने क्रममा परेको हिउँमा फसेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । उनीहरुले आज टेलिफोन गरेर हेलिकप्टरवाट आफुहरुको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । 


प्रतिक्रिया