करेन्ट लागेर मोरङमा एक मजदुरको मृत्यु

माघ ७, २०७८ | मोरङ

मोरङको रतुवामाई नगरपालिका–९ स्थित बक्राहा खोलामा झोलुङ्गे पुल निर्माणका खटिएका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । 

करेन्ट लागेर रुकुम पूर्वको घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठको मृत्यु भएको हो । 

बक्राहा खोलामा गाडिएको विद्युत मोटर जडित ट्युबेल चलाउने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको उर्लावारीस्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले बताउनुभयो । 


प्रतिक्रिया