वृद्धा हत्या आरोपमा पाल्पाबाट तीन पक्राउ

माघ ७, २०७८ | पाल्पा

वृद्धा हत्याको अभियोगमा पाल्पाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हत्या आरोपमा तानसेन नगरपालिका–६, कुन्सरेका ४२ वर्षीय कमल बहादुर घर्ती थापा, सोही स्थाानका २७ वर्षीय सुनिल परियार र २० वर्षीय हरिबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । 

तानसेन नगरपालिका–६, कुन्सरे स्कूल डाँडाकी ६५ वर्षीया सरस्वती देवी घर्ती मगरको हत्या अभियोगमा उनीहरुलाई आज प्रहरीले पक्राउ गरेको हो । 

ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरेको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । 

गत पुस २३ गते आफ्नै घरमा सुतिरहेकी घर्तीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । 

तीन जनाले पालैपालो बोकी नजिकै रहेको खोल्सामा लगेर फालेको प्रहरीसामु स्वीकारेका छन् । मृतक घर्तिको छोरा गणेशबहादुर थापाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया