स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित महोत्तरीबाट दुई पक्राउ

चैत्र १३, २०७८ | महोत्तरी

महोत्तरीको औरहीबाट प्रहरीले स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय धिरज कुमार यादव र १८ वर्षीय रामशरण यादव छन् । 

बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको महोत्तरी प्रहरीले जनाएको छ । उनीहरुको साथबाट विभिन्न बैंकको ५३ थान चेक बरामद भएको पनि प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरुलाई भन्सार कार्यालय जलेश्वरमा बुझाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

यसैबीच, स्रोत नखुलेको ११ लाख रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ स्थित मटिअर्वाबाट प्रहरीले ११ लाख ३ हजार ५० रुपैयाँसहित भगवानपुर गाउँपालिका–४ का ४४ बर्षिय दिलिप कुमार साहलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया