पाल्पाको जुठापौवामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

वैशाख २, २०७९ | पाल्पा

पाल्पाको जुठापौवा पानीडाँडामा भएको बस दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना बालक घाइते भएका छन् । रैनादेवी छहरा–६, जुठापौवाको पानीडाँडाबाट जुठातर्फ आउँदै गरेको बस धारापानीमा भीरबाट खस्दा दुई जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । 

प्रहरीले मृत्यु भएको पुष्टि गरेको छैन । ग १ ख ४९०२ नम्बरको बस सडकबाट ४ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताउनुभयो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया