दाङमा मोटरसाईकल दुर्घटनामा रेग्मीको मृत्यु

जेष्ठ २६, २०७९

दाङमा मोटरसाइकल दुर्घटनामा परि घोराही–२ रामपुरका २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको छ । घोराहीदेखि रामपुरतर्फ जानेक्रममा मोटरसाइकल अनियन्त्रित भई सुनपुरस्थित एक घरको रेलिङमा ठोक्किदा रेग्मी घाइते भएका थिए । घाइते रेग्मीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।


प्रतिक्रिया