चट्याङ लागेर दुईजनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २६, २०७९

वर्षासंगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा दुई जनाको मृत्यु भएको छ । 

गाइ चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको आज चट्याङ लागेर मृत्यु भएको हो । 

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुबै जनामाथि चट्याङ परेको ईलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिनुभयो । 


प्रतिक्रिया