भन्सार छलेर ल्याइएको ४ लाख रुपैयाँ बढीको सामान बरामद

मंसिर २२, २०७९ | धनगढी

भारतबाट अवैध रुपमा ल्याएको ४ लाख रुपैयाँ बराबरको सामान धनगढीबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । 

भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख रुपैयाँ बढीको ब्यापारिक सामान धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले बरामद गरेको हो । 

भन्सार छलेर ल्याइएको मोबाईल, मोबाईल पार्टस, गाडीका सामान र कपडा बरामद गरिएको सशस्त्र प्रहरी बलको ३४ नम्बर गणका गणपति धनबहादुर सिंहले बताउनुभयो । बरामद गरिएका समानहरु नियमानुसार भन्सार कार्यालय त्रिनगरमा बुुझाइएको गणपति सिंहको भनाई छ । 


प्रतिक्रिया