पाल्पामा घर प्लाष्टर गर्ने क्रममा खसेर एकको मृत्यु

मंसिर २२, २०७९ | पाल्पा

पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–५, बेझाडस्थित दुर्गा केसीको घर प्लाष्टर गर्ने क्रममा लडेर पर्साको छिपहरमाई–३, मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको हो । 

प्लाष्टर गर्ने क्रममा खसेर घाइते भएका कुसुहवालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया