श्रोत नखुलेको २४ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

मंसिर २७, २०७९ | काठमाडौं

धनुषाको इटहर्वामा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको श्रोत नखुलेको २४ लाख रुपैयाँ सहित भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

 विदेह नगरपालिका–९ इटहर्वामा भारत तर्फबाट आउदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटर साइकलको ट्यांकीमा लुकाइएको २४ लाख १७ हजार नेपाली रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । 

सशस्त्र प्रहरीले श्रोत नखुलेको नेपाली रुपैयाँ नेपाल ल्याउने भारत मधुवनी जिल्ला मंगपट्टीका २३ वर्षीय उमेश कुमारलाई समेत नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया