रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु

पुस ६, २०७९ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र साहनी र पछाडि सवार सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर मंगलबार राति मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

बुटवलबाट भैरहवातर्फ जाँंदै गरेको लु ४७ प ३६१४ नम्बरको मोटरसाइकल राति साढे १ बजे दुर्घटनामा परेको थियो । तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।


प्रतिक्रिया