आन्तरिक राजश्व विभागको नक्कली स्टिकर सहित पर्साबाट २ पक्राउ

पुस १८, २०७९ | पर्सा

आन्तरिक राजश्व विभागको नक्कली स्टिकर सहित पर्साबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ का २७ वर्षीय मनिष कुमार साह तेली र २५ वर्षीय रंजन कुमार राम छन् । 

उनीहरुलाई वीरगञ्ज–१६ बाट नक्कली स्टिकर सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक गिरीका अनुसार भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनीहरुलाई नक्कली स्टिकर सहित वीरगञ्ज–१६ बाट शुक्रबार पक्राउ गरिएको हो । 

नक्कली स्टिकर ल्याउँदै गरेको सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज–१६ बाट उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरु चढेको प्र २–०३–००८ प २६६९ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा मनिष कुमार साहबाट साथबाट आन्तरिक राजश्व विभाग लिक्वर २५ अप ३७५ एमएल लेखिएको ३९ थान स्टिकर भएको १ पाना र त्यसको १ पाना छायाप्रति समेत फेला परेको थियो ।

दुबैलाई शुक्रबारनै जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ७ दिन म्याद थप गरेर अनुसन्धान भईरहेको डीएसपी गिरीले जानकारी दिनुभयो ।  


प्रतिक्रिया