चोरीको मोटरसाइकल सहित वीरगञ्जबाट एक पक्राउ

पुस २३, २०७९ | पर्सा

चोरी गरेको मोटरसाइकल सहित पर्साको वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका–७ का २० वर्षीय भुवन चौधरी छन् । शुक्रबार राति मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज–१२ स्थित सडकमा पार्किङ गरी राखिएको प्रदेश २–०३–०१२ प २६३८ नम्बरको मोटरसाईकको लक तोडेर डोर्‍याएर लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । 

सो मोटरसाइकलका धनी रौतहटको वृन्दावन नगरपालिका–१ घर भई हाल वीरगञ्ज महानगरपालिका–१२ बस्ने अजय कुमार यादव हुन् । 


प्रतिक्रिया