मोटरसाइकल चालकलाई सडकमै प्रशिक्षण

पुस २३, २०७९ | तिलोत्तमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चालकलाई सडकमै प्रशिक्षण सुरु गरेको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणलाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चालकलाई सडकमै प्रशिक्षण दिएको हो । 

तराईका जिल्लामा पुस, माघको महिनामा अत्यधिक कुहिरो, शितलहर र चिसो हुने भएकाले सवारी दुर्घटना हुने हँंदा चालकलाई सचेत गर्दै प्रशिक्षण दिएको हो । 

भैरहवाको अञ्चलपुरस्थित सडकमा मोटरसाईकल चालकलाई जम्मा गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मधुसुधन बन्जाडे लगायतको टोलीले सडक लेन, ओभरटेक र ट्राफिक नियम बारे प्रशिक्षण दिएको हो । ट्राफिक प्रहरीले यसलाई अभियानको रुपमा अगाडि बढाउने जनाएको छ ।


प्रतिक्रिया