हुण्डी कारोबारमा संलग्न २ पर्साबाट पक्राउ

पक्राउ परेका साहद्वय र उनीहरुबाट बरामद भएको नगद । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय पर्सा । 

माघ ४, २०७९ | पर्सा

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पर्साबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३४ वर्षीय विकाश साह र वीरगञ्ज–१८ इनर्वा मनियारीका १९ सुवास कुमार साह छन् । 

अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको टोलीले २२ लाख ५० हजार रुपैयाँ उनीहरुलाई वीरगञ्ज–८ घण्टाघर क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बीआर ०५ एइ ९३४३ भारतीय नम्बरको स्कूटरमा सवार उनीहरुको सुरक्षा जाँच गर्ने क्रममा सुवास कुमार साहले बोकेको झोलाबाट सो परिमाण बराबरको नगद बरामद भएको थियो । 

उनीहरुले बरामद नगदको स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक गिरीले जानकारी दिनुभयो । 

गत पुस १८ मा वीरगञ्ज महानगरपालिका–१७ का १९ वर्षीइ राजन कुमार साहलाई वीरगञ्ज–२५ सिर्सियाबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ सहित ि्रहरीले पक्राउ गरेको थियो । 

चालू आर्थिक वर्षको हालसम्ममा हुण्डी कारोबारमा संलग्न ७ पक्राउ परिसकेका छन् । ती मध्ये १ भारतीय नागरिक हुन् । पर्सा प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट ९५ लाख ९८ हजार ३ सय रुपैयाँ बरामद भएको छ । गत आर्थिक वर्षमा हुण्डी कारोबारान संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । ती मध्ये १० नेपाली र १२ भारतीय नागरिक थिए । 

पर्सा प्रहरीका अनुसार उनीहरुको साथबाट १ करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ बरामद भएको थियो । यस्ता कारोबारीहरुले विभिन्न माध्यमबाट भारत पुगेको नेपाली रुपैयाँ बोकेर ल्याउने गर्छन् ।


प्रतिक्रिया