रुपन्देहीमा जिप र माइक्रोबस आपसमा ठोक्किदा १० घाइते

माघ ४, २०७९ | तिलोत्तमा

रुपन्देहीको सैनामैनामा जिप र माइक्रोबस एक आपसमा ठोक्किदा १० जना घाइते भएका छन् । 

सैनामैना नगरपालिका–२ स्थित झारबैरमा बुटवलबाट जाँदै गरेको गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बसले विपरीत दिशामा रहेको नम्बर नखुलेको जिपलाई ठक्कर दिएको थियो । 

दुर्घटना परि घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी हवलदार रामचन्द्र केसीले जानकारी दिनुभयो । 

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुको बारे थप विवरण आउँन बाँकी छ । 


प्रतिक्रिया