पुरुष फुटबल : एपीएफको दोस्रो जित

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | काठमाडौं

- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटबलमा सशस्त्र प्रहरीको एपीएफले दोस्रो जित दर्ता गरेको छ । बाँकेको खजुरामा आज भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित ग¥यो । गण्डकीका टिकाराज गुरुङले गोल गरे । एपीएफको जितमा आशिष लामा र राजेन्द्र रावलले एक–एक गोल गरे ।

आजै हुने दोस्रो खेलमा प्रदेश ५ र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ । समुह चरणको अन्तिम खेलमा एपीएफले भोलि प्रदेश ३ सँग प्रतिस्पर्धा गर्नेछ । 

दाङमै भएको महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ । घोराहीको भरतपुर मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७–० गोल अन्तरले पाखा लगायो । पुलिसको जितमा निरु थापा र निर्मला बिकले ह्याट्रिक गरे । रञ्जिता गुरुङले १ गोल गरिन् । कपिलवस्तुमा भएको महिला फुटबलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २–० गोलले पराजित ग¥यो । प्रदेश १ का सावित्रा राई र पवित्रा राईले गोल गरे । 

 


प्रतिक्रिया