प्रधानमन्त्री महिला त्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात

असार ४, २०७६ | कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको चौंथो प्रधानमन्त्री महिला टी–२० त्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित हात पारेको हो । 

टस हारेर फिल्डिङ्को निम्तो पाएको सुदूरपश्चिम प्रदेशले गण्डकीलाई सस्तैमा समेट्दै सहज जित हात पारेको हो । गण्डकी प्रदेशले दिएको ५९ रनको लक्ष्य उसले १ विकेको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि कविता कुँवरले २१, कविता जोशी र रेवती धामीले १२/१२ रन बनाए । सुदूरपश्चिमको १ मात्र विकेट गण्डकीकी मनिसा उपाध्यायले लिइन् । गण्डकीले १५ रन अतिरिक्त दिएको थियो । 

टस जितेर पहिले ब्याटिंग रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्रै बनाउन सक्यो । गण्डकीबाट सुशिला गुरुङ्ग १७ र शिला रेग्मी १९ ले मात्रै दोहोरो अंक छुन सके । वलिंगतर्फ सुदूरपश्चिमका कविता कुँवर, जानकी भट्ट र लक्ष्मी साउदले २/२ विकेट लिए ।

कविता जोशीले १ विकेट लिइन् । गण्डकीका ३ खेलाडी रन आउट भएका थिए । पहिलो खेलको प्लेयर अफ दी म्याच सुदूरपश्चिकी कविता कुँवर छनौट भईन । प्रतियोगितामा ७  प्रदेश र सशस्त्र प्रहरी सहित ८ टिमको सहभागिता छ । 


प्रतिक्रिया