प्रधानमन्त्री महिला क्रिकेट प्रगियोगिता वर्षाले प्रभावित

असार ९, २०७६ | कञ्चनपुर

महेन्द्रनगरमा जारी प्रधानमन्त्री महिला टी २० महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरु पनि वर्षाका कराण प्रभावित भएका छन् । दुबै खेल प्रभावित भएपछि ४ वटै टीमले समान अंक बाडेका छन् । यससंगै सेमिफाइनलमा पुग्ने टीमको टुंगो लागेको छ ।

समूह ए को विजेता भन्दै सुदूरपश्चिम प्रदेश र उपविजेता भन्दै सशस्त्र प्रहरीको टीम सेमिफाइनलमा प्रवेश गरेका छन् । यसैगरी, समूह बी को विजेता बन्दै प्रदेश १ र उप विजेता बन्दै प्रदेश २ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल अन्तर्गत मंगलबार पहिलो खेल सुदूरपश्चिम र प्रदेश २ बीच तथा दोस्रो खेल सशस्त्र प्रहरी र प्रदेश १ बीच हुनेछ । आइतबार देखिको वर्षाले महेन्द्रनगरको कवर्ड हलस्थित खेल मैदानमा पानी भरिएको छ । आईतबार पनि सशस्त्र प्रहरी र गण्डकी प्रदेश बिचको खेल वर्षाले प्रभावित भएको थियो । मंगलबार हुने सेमिफाइनलका खेलहरु समेत प्रभावित हुन सक्ने देखिएको छ । 

असार ४ गतेदेखि सुरु भएको चौंथो प्रधानमन्क्री महिला टी –२० त्रिकेट प्रतियोगितामा ७ प्रदेश र सशस्त्र प्रहरी गरी ८ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल असार ११ गते हुनेछ । प्रतियोगितामा विजयी टीमले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन भईरहेको प्रतियोगितामा वुमेन अफ द सिरिज छनौट हुने खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्स वुमेन र वलरले १५/१५ हजारको खेल सामग्री प्राप्त गर्नेछन् ।  


प्रतिक्रिया