फिदिम र्स्पोर्टिङ क्लब पाँचथर र ईलामको रेडहर्ष क्लबबीच प्रतिस्पर्धा हुँदै

श्रावण ३२, २०७६ | ताप्लेजुङ

- ताप्लेजुङमा जारी चौथो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा आज फिदिम र्स्पोर्टिङ क्लब पाँचथर र ईलामको रेडहर्ष क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सदरमुकामस्थित स्थानिय भानुजन उच्च माविको खेल मैदानमा अपरान्ह साँढे २ बजे दुई टोलीबिचको क्वार्टरफाइनल भिडन्त सुरु हुनेछ । डिफेण्डिङ च्याम्पियन रेडहर्षले उद्घाटन खेलमा पोमु केछाङलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

वाई पाएको फिदिमले भने क्वाटरफाइनलबाट गोल्डकपको यात्रा सुरु गर्न लागेको हो । 

यसअघि हिजो भएको खेलमा आयोजकलाई टाईब्रेकरमा पराजित गर्दै मोरङको बेलबारी फुटबल क्लबले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो । लाखे जात्रा आयोजक कमिटिको आयोजनामा जारी प्रतियोगितामा १ विदेशीसहित १० टोली सहभागी छन् । गोल्डकपको विजेताले ३ लाख ११ हजार पाउनेछ । उपबिजेताले १ लाख ५१ हजारमा चित्त बुझाउनेछ । 


प्रतिक्रिया