साग फुटबलमा नेपाललाई स्वर्ण

मंसिर २४, २०७६ | काठमाडौं

नेपालले लगातार दोस्रो पटक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । यो सँगै नेपालले सागको ३५ वर्षे इतिहासमा चौंथो पटक पुरुष फुटबलमा स्वर्ण जितेको हो । नेपालले यसअघि सन् १९८३, १९९३ र २०१६ मा भएको १२ औं सागमा पुरुष तर्फ स्वर्ण जितेको थियो ।

काठमाडौंको दशरथ रंगशालामा आज भएको फाइनलमा भुटानलाई २–१ गोल अन्तरमा पराजित गर्दै नेपालले १३ औं सागको फुटबलमा स्वर्ण जितेको हो । पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको भुटानले रजतमा चित्त बुझायो । खेलको १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट नेपालले अग्रता बनाएपनि ३६ औं मिनेटमा चेन्चो ग्याल्सेनले भुटानका लागि बराबरी गोल फर्काएका थिए । 

दोस्रो हाफको सुरु देखि नै आक्रामक बनेका दुवै टोलीबाट गोल हेर्न भने खचाखच भरिएको रंगशालामा उपस्थित दर्शकले ८ आठौं मिनेटसम्म कुर्न परेको थियो । सुनिल बलले हेड गर्दै बललाई जाली चुमाएपछि नेपाल पुन: खेलमा फर्किएको थियो । त्यसपछि कुनै गोल हुन सकेन र नेपालले घरेलु मैदानमा भएको साग फुटबलको स्वर्ण घरमै राख्यो ।


प्रतिक्रिया