साग फुटबल हेर्न जम्मा भएका दर्शकमाथि प्रहरीद्वारा दमन

मंसिर २४, २०७६ | काठमाडौं

दशरथ रंगशालामा नेपाल र भुटानबीच हुने साग फुटबलको फाइनल खेल हेर्न जम्मा भएका दर्शकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गरेको भिडियो लिएको भन्दै नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंमाथि समेत प्रहरीले कुटपिट गरेको छ । 

१३ औं सागको टिकट नपाएपछि आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठीचार्ज गरेको भिडियो खिचेको भन्दै पत्रकार चापागाईंमाथि कुटपिट भएको हो । प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुख र कानमा चोट लागेको छ । उनलाई रंगशालाभित्र राखेपको प्राङ्गणमा लगेर कुटपिट गरिएको थियो ।

पत्रकार चापागाईमाथि महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौर र महानगरीय प्रहरी बृत्त कालिमाटीमा डीएसपी रुगम कुँवरले सर्वसाधारण माथि लाति, मुक्का र लाठी प्रहार गरेका हुन् । यसैबीच, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीले घटनामा संलग्न डीएसपीद्वय माथि छानविन हुने बताउनुभएको छ । 

रेडियो कान्तिपुरसँग कुराकानी गदै क्षेत्रीले उनीहरुमाथि छानविन हुने र दोषी पाईए कारबाही हुने बताउनुभयो । यस्तै खेलकुद पत्रकार मञ्चले पनि दोषीमाथि कारबाहीको माग गरेको छ । घटनाको बिरोधमा सञ्चारकर्मीले रंगशालाको मुख्यद्वार अगाडि धर्ना दिएका थिए । 


प्रतिक्रिया