पीपीएलमा विदेशी खेलाडीको अनुबन्धन अन्तिम चरणमा

मंसिर २६, २०७६ | पोखरा

पोखरामा शनिबारबाट सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा फ्रेन्चाईज टोलीले विदेशी खेलाडी अनुबन्धन गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । लिगमा ३ जना विदेशी खेलाडी राख्नुपर्ने प्रावधानका कारण सबै टोली त्यसको अन्तिम गृहकार्यमा लागेका हुन् । 

पीपीएलका लागि विराटनगर टाईटन्सले पाकिस्तानी अलराउण्डर महम्मद जैद आलम र भारतका पुनित मेहरालाई अनुबन्धन गरेको छ । अर्का एक जनाको नाममा छलफल भईरहेको विराटनगर टाईटन्सले जनाएको छ ।

पारस खड्का कमानीको चितवन राईनोजले हङकङका बाबर हायात, युएईका रोहन मुस्तफा र भारतका सन्नी पटेललाई टोलीमा राखेको छ ।

पोखरा पल्टनले भारतका रविईन्दर सिंह र अलराउण्डर पराग खान पुकारलाई टोलीमा भित्र्याएको छ । गत सिजन भैरहवाबाट खेलेका रविईन्दरलाई पोखराले टोलीमा भित्र्याएको हो भने लेगस्पिनर परागले पहिलो पटक नेपाली लिगमा सहभागिता जनाउन लागेका हुन् । 

काठमाडौं गोल्डेन्स, बुटबल ब्लास्टर्स र एक्पर्ट धनगढी ब्लुजले विदेशी खेलाडीको टुंगो लगाउन बाँकी छ ।  


प्रतिक्रिया