पीपीएलको तयारी पूरा, विजेतालाई २७ लाख

मंसिर २६, २०७६ | पोखरा

पोखरा प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट पीपीएलको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको दोस्रो संस्करण शनिबार पोखरा रंगशालामा सुरु हुँदैछ । नेपालका ६ शहरका ६ फ्रेञ्चाईज टिम सहभागी हुने प्रतियोगिता पुष १२ गतेसम्म चल्नेछ । 

उपाधि विजेताले २७ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले मोटरसाईकल पुरस्कार पाउने छन् । मोष्ट भ्यालुएवल खेलाडीलाई एक लाख ईमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाकाअनुसार, यो वर्षदेखि हरेक टोलीले ३ जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् । 

सबै टिमले ड्राफ्ट मार्फत खेलाडी अनुबन्ध गरिसकेको बताउँदै लामाले खेलाडीहरु पोखरा आउने क्रम समेत सुरु भएको बताउनुभयो । आयोजकले भोलि २ बजे पोखरामा लिगको ट्रफी सार्वजनिक गर्ने जनाएको छ । 


प्रतिक्रिया