एनआरटीसँग पुलिस क्लब १-० गोलले पराजित

पुस २८, २०७६ | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलको पछिल्लो खेलमा न्युरोड टीम एनआरटी विजयी भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको हो ।

एनआरटी ८ अंकमा तालिकाको छैठौं स्थानमा उक्लिएको छ । पुलिससँग समान अंक भएपनि एनआरटीले गोल अन्तरमा पछि पारेको हो । एनआरटीको जितमा ७५ औं मिनेटमा दर्शन गुरुङले गरेको गोल नै निर्णायक बन्यो ।

सोही मैदानमा अहिले च्यासल युथ क्लब र नेपाल एपीएफबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ जारी छ । पाँचौ चरणसम्म समान एक जितको मात्र स्वाद चाखेका दुबै टोलीको लक्ष्य दोस्रो जितसँगै तालिकामा सुधार गर्नु रहेको छ ।  


प्रतिक्रिया