सहिद स्मारक ए डिभिजन लिगमा आज संकटा र आर्मी भिड्दै

पुस २९, २०७६ | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज छैटौँ चरणको अन्तिम खेलमा संकटा क्लब र विभागीय त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्दैछन् । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे यी दुई टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । १२ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको आर्मी सिजनको पााचौ जितसंगै शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ ।

संकटा भने आर्मीबिरुद्ध जित निकाल्दै शीर्ष ५ मा पुग्ने लक्ष्यमा आज मैदान उत्रनेछ । पाचौ चरणसम्म २ जित समान हार र १ बराबरीको नतिजासंगै ७ अंकमा तालिकाको आठौ स्थानमा रहेको संकटा चौथो स्थानमा पुग्ने दाउमा रहेको छ । पाँचौचरणको खेल सकिदा मछिन्द्र र मनाङ अपराजित रहेका छन् ।  


प्रतिक्रिया