एमएम कप क्रिकेटको सेमिफाइनल चरणका खेलहरु आज सुरु हुँदै

माघ १, २०७६ | सुनसरी

सुनसरीमा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । प्रतियोगीताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आर्मी समुह ए र बागमती समुह सीको विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । 

दुबै टोलीमा राष्ट्रिय टोलीका सदस्यको बाहुल्यता रहेकाले सेमिफाइनल खेल निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । आर्मी विनोद भण्डारी र बागमती प्रदेश सुबास खकुरेलको कमानीमा मैदान उत्रनेछन् । ईनरुवा रंगशालामा बिहान ९ बजे मैदान उत्रदा दुबै टोली फाईनल प्रबेशको लक्ष्यमा रहनेछन् ।

आजको विजेताले प्रतियोगीताको उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोलि नेपाल पुलिस र सुदुरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।  


प्रतिक्रिया