आर्मी एमएम कप क्रिकेटको फाइनलमा

माघ १, २०७६ | काठमाडौं

त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ । 

पहिलो सेमिफाइनलमा आज बागमती प्रदेशलाई ६४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । फाइनलमा आर्मीले भोलि हुने नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बाग्मती प्रदेश ३८ ओभर एक बलमा १ सय ५२ रनमा अलआउट भयो । 

सोनु तामाङले ७४ रन बनाएपनि जित भने दिलाउन सकेनन् । क्याप्टेन सुवास खकुरेलले १५ र ईशान पाण्डेले १७ रन बनाउनु बोहक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । 

सुशन भारीले ३ र सहाब आलमले २ विकेट लिए ।

यसअघि ईनरुवा रंगशालामा ४७ ओभरमा छोट्याईएको खेलमा आर्मी निर्धारित ओभर सकिन ३ बल बाँकी छँदा २ सय १६ रनमा अलआउट भयो । 

 आर्मीका लागि अनिल मल्लले ४३ र कुशल मल्लले ३७ रन बनाए । गौतम केसीले ४ तथा तिलक भण्डारी, नन्दन यादव र ईशान पाण्डेले समान २ विकेट लिए । 


प्रतिक्रिया