पाँचौ आरबीबी एनभीए भलिब प्रतियोगीता आजबाट सुरु हुँदै

माघ ३, २०७६ | काठमाडौं

पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय भलिबल प्रतियोगीता आज सुरु हुँदैछ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा महिला र पुरुष दुबै तर्फका खेल सुरु हुनेछन् । बिहान साढे ९ बजेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय त्रिभुवन आर्मी र आरजी ग्रुप प्रतिस्पर्धा गर्नेछन् । 

सोही कोर्टमा बिहान साढे ११ बजे समुह बी अन्तर्गतका नेपाल एपीएफ र बुलबुले रारा क्लब प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फको उद्घाटन खेलमा दिउँसो साढे १ बजे नेपाल पुलिस र न्यु डायमण्ड एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ । समुह बीमा रहेका दुबै टोली पहिलो खेलमै जित हात पार्दै अघिल्लो चरणको यात्रा तय गर्ने योजनामा रहेका छन् । 

नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगीतामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगीता माघ १० गतेसम्म चल्नेछ । 


प्रतिक्रिया