ए डिभिजन लिग : एनआरटी विजयी

माघ ५, २०७६ | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलको पछिल्लो खेलमा न्युरोड टिम एनआरटी विजयी भएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एनआरटीले सशस्त्र प्रहरीको एपीएफलाई ३–२ को गोल अन्तरमा पराजित गरेको हो । जितपछि एनआरटी ११ अंकमा चौथो स्थानमा उक्लिएको छ । एपीएफको भने ५ अंकमात्र छ ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफमा एनआरटीले २ गोल थपेको थियो भने एपीएफले एकमात्र गोल फर्काउन सक्यो । एनआरटीको जितमा दर्शन गुरुङ, आन्द्रे थेरी र जोर्डन एन्डेम्बाले गोल गरे । एपीएफका लागि दुवै गोल आशिष लामाले गरे । 


प्रतिक्रिया