युनाईटेडविरुद्ध लिभरपुलको सहज जीत, शीर्ष स्थानमा १६ अंकको अग्रता

माघ ६, २०७६ | ...

लिभरपुलले प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको अग्रता फराकिलो पारेको छ । २२ औँ चरणको खेलमा गएराती म्यानचेष्टर युनाईटेडलाई २–० ले हराउँदै लिभरपुलले सिजनको अपराजित यात्रा समेत जारी राखेको हो । उसको जितमा भर्जिल भान डाईज र महम्मद सलाहले गोल गरे । 

१४ औँ मिनेटमा भान डाईजको गोलबाट अग्रता बनाएको लिभरपुलका लागि सलाहले ईन्ज्युरी समयमा अर्को गोल गरेका थिए । २२ खेलबाट २१ जित र १ बराबरीसँगै ६४ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ । दोस्रो स्थानको म्यानचेष्टर सिटिलाई १६ अंकले पछि पारेको लिभरपुल जारी सिजनको उपाधिनजिक पुगीसकेको छ ।

गएरातीनै लेष्टर सिटीलाई २–१ ले हराउँदै बर्नली तालिकाको १४ औँ स्थानमा उक्लिएको छ । पहिलो हाफमा १–० ले पछि परेको बर्नलीले दोस्रो हाफमा २ गोल गर्दै जित हात पारेको हो । जारी सिजन उसको यो आठौँ जित हो । २३ खेलबाट २७ अंक जोडेको बर्नलीले १ स्थान सुधार गरेको हो । 


प्रतिक्रिया