ला लिगामा बार्सिलोना शीर्ष स्थानमा फर्कियो

माघ ६, २०७६ | ...

बार्सिलोना, स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । पछिल्लो खेलमा गएराती ग्रानाडालाई १–० ले हराउँदै बार्सा तालिकाको पहिलो स्थानमा आईपुगेको हो । रियल मड्रिडसंग समान ४३ अंक भएपनि गोलअन्तरमा बार्सा अघि रहँदै शीर्ष स्थानमा पुगेको हो । 

एकपक्षीय खेलमा बल पोजिशनमा ८३ प्रतिशत नियन्त्रण जमाएपनि बार्सालाई गोल गर्न ७६ औँ मिनेटसम्म कुर्नु परेको थियो । लियोनल मेसीले निर्णायक गोल गर्दै टोलीलाई महत्वपुर्ण ३ अंक दिलाए । २० खेलबाट उसको ४३ अंक भएको छ ।

गएराती नै भएका अन्य खेलहरुमा मायोरकाले भ्यालेन्सीयालाई ४–१ ले, स्पानियोलले भियारियललाई २–१ ले तथा रियल बेटिसले रियल सोसिडाडलाई ३–० ले पराजित गरे । एथ्लेटिको बिल्वाओ र सेल्टा डि भिगोले एक एकको बराबरी खेल्दै अंक बााडेका छन् ।  


प्रतिक्रिया