फेडेरर र सेरेनाको विजयी सुरुवात

माघ ६, २०७६ | काठमाडौं

रोजर फेडेरर, सेरेना विलिएम्स र नाओमी ओसाकाले, वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपनमा विजयी सुरुवात गरेका छन् ।

आज सुरु प्रतियोगितामा पुरुष एकल तर्फ तेस्रो वरियाताका स्वीस फेडेररले अमेरिकाका स्टिभ जोनसनमाथि ६–३, ६–२ र ६–२ को सहज जित निकाले । 

आठौं वरियाताका ईटलीयन मारेत्तेओ बेरेट्टिनीले अष्ट्रेलयाका एण्ड्रयु हेरिसलाई ३–० ले पराजित गर्दा बुल्गेरियाका ग्रिगोर दिमित्रोभले अर्जेन्टिनाका हुँवा लोण्डेरोलाई ४–६,६–२, ६–० र ६–४ ले पाखा लगाए । 

पुरुष एकल तर्फ कै अन्य खेलमा क्यानाडाका डेनिस सापोभालोभ, क्रोएसियाका बोर्ना कोरिक, अर्जेन्टिनाका गुईडो पेल्ला र बेलायतका डेनिएल ईभान्स विजयी भए ।

महिला एकल तर्फको खेलमा भने तेस्रो वरियाताकी जापानी नाओमी ओसाकाले चेक रिपब्लिककी मारिया बोउच्कोभालाई ६–२ र ६–४ ले तथा आठौं वरियाताकी अमेरिकन सेरेनाले रुसकी अनास्तासिया पोतापोभालाई ६–० र ६–३ ले पराजित गरे ।

यस्तै, चेक रिपब्लिककी पेट्रा भिटोभा, डेनमार्ककी क्यारोलिन वाज्नेस्की, क्रोएसियाकी पेट्रा माट्रिक, अमेरिकाकी कोरी गोउफ र साफिया केनिन, चीनकी लिन झुँ र रुसकी एकातेरिना जेन्द्रोभाले पनि आ–आफ्नो खेल जित्दै दोस्रो चरणमा स्थान बनाएका छन् । 


प्रतिक्रिया