नेपाल र मलेसिया बीचको दोस्रो वन डे क्रिकेट आज

रेडियो कान्तिपुर संवाददाता

माघ ७, २०७६ | पोखरा

नेपाल र मलेसिया बीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । पोखरा रंगशालामा केहिबेरपछि दोस्रो खेल सुरु हुनेछ । राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धा भएपनि अनौपचारिक खेल भएकाले नेपाल, क्यान ११ र भ्रमणकारी टोली मलेसिया ११ को नाममा सिरिज खेलिरहेका छन् ।

 ३ म्याचको सिरिजमा नेपाल १–० ले अघि रहेको छ । हिजो भएको पहिलो खेलमा नेपाल १ सय ३५ रनले विजयी भएको थियो । दोस्रो खेलमा पनि नेपाल जितको श्रृंखला जारी राख्दै एक खेल अगावै सिरिज जित्न चाहान्छ । मलेसियालाई भने सिरिजमा रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ । 

नेपाल ज्ञानेन्द्र मल्ल र मलेसिया अहमद फैजको कमानीमा मैदान उत्रनेछन् । सुनसरीमा सम्पन्न दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय खेल खेल्न नेपाल आएको मलेसिया र नेपालबिच ३ म्याचको वन डे सिरिज जारी रहेको हो । अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजको तयारीमा रहेको नेपालले यो सिरिजलाई सोही प्रतियोगिताको अभ्यासका रुपमा हेरेको छ । नेपाल र मलेसीयाबिचको तेस्रो एकदिवसीय खेल पर्सी हुनेछ ।  


प्रतिक्रिया