सहिद स्मारक ए डिभिजन लिगमा आज आठौँ चरणका अन्तिम २ खेल हुँदै

माघ ११, २०७६ | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज आठौँ चरणका अन्तिम २ खेल हुदैछ । आजको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी र न्युरोड टिम एनआरटी प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे मैदान उत्रदा शीर्ष स्थानको आर्मी दोस्रो स्थानको मछिन्द्रसँग ३ अंकको अग्रता बढाउन चाहान्छ । एनआरटी पाँचौ जितसँगै शीर्ष ५ मा स्थान बनाउने दाउमा छ ।

सोही मैदानमा अपरान्ह ३ बजे संकटा र फ्रेण्ड्स क्लब आमने सामने हुनेछन् । आठौँ चरणमा दुबै टोली तेस्रो जितको खोजीमा रहनेछन् । सातौँ चरणसम्म संकटा ९ अंकमा तालिकाको नवौँ र फ्रेण्ड्स ८ अंकमा ११ औँ स्थानमा छ । 


प्रतिक्रिया