म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रबेश

माघ १३, २०७६ | ..


म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रबेश गरेका छन् । चौथो चरणको खेलमा फुल्हृयामलाई ४–० ले हराउँदै म्यान सिटिले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो । छैटौँ मिनेटमा टिम रिएम रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको सुरुवातबाटै फुल्हृयाम १० खेलाडीमा सिमित बनेको थियो । त्यसको २ मिनेटपछि ईल्के गोन्डुगानले गोल गर्दै म्यान सिटीलाई अग्रता दिलाएका थिए । १९ औँ मिनेटमा बर्नाण्डो सिल्भाले म्यान सिटीको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको सिटिले दोस्रो हाफमा २ गोल गर्दै सहज जित हात पारेको हो । पछिल्ला दुबै गोल ग्राबियल जिससले गरे । खेलको ७२ र ७५ औँ मिनेटमा जिससले गोल गरेका थिए ।

गएराती नै म्यानचेष्टर युनाईटेडले ट्रान्मेरे रोभर्सलाई ६–० को फराकिलो अन्तरले स्तब्ध पार्दै म्यान युनाईटेडले पनि पाँचौ चरणमा स्थान सुरक्षित गरेको छ । उसलाई फराकिलो जित दिलाउन हृयारी मागुईर, डीगो डालोट, जेसे लेङगार्ड , फिल जोन्स, एन्थोनी मार्सिएल र सासुन ग्रीनउडले एक–एक गोल गरे । पहिलो हाफमै ५–० को अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा १ गोल गपेको थियो ।

लिभरपुल भने स्रेसवरी टाउनसँग २–२ को बराबरीम रोकिएको छ । योसँगै पाँचौ चरण प्रवेशका लागि यी २ टोलीबीच रिप्ले खेल खेल्नुपर्ने भएको छ । बल पोजिशनमा पकड जमाएपनि लिभरपुलले पाएका अवसरको सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाएको हो ।   


प्रतिक्रिया