रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा फर्कियो

माघ १३, २०७६ | ..

रियल मड्रिड स्पेनीस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । २१ औँ चरणको खेलमा गएराती रियल भल्लाडोलिडलाई १–० ले हराउँदै रियलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको हो । उसको जितमा ७८ औँ मिनेटमा नाचोले गरेको गोल निर्णायक बन्यो । टोनी क्रुजको क्रसमा डिफेण्डर नाचोले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । रियलको जर्सीमा उनको यो पहिलो गोल समेत हो । २१ खेलबाट ४६ अंक जोडेको रियलले बार्सिलोनालाई ३ अंकले पछि पारेको छ ।

रियल बेटिसलाई १–० ले हराएको गेटाफे ३६ अंकमा तालिकाको चौथो स्थानमा उक्लिएको छ । गएरातीनै मायोरका, रियल सोसिडाडसंग ३–० ले स्तब्ध भयो । अन्य २ खेल भने बराबरीमा सकिएका छन् । सेल्टा डि भिगो र आईबर तथा एट्लेटिको मड्रिड र लेगानेशले गोलरहित बराबरी खेल्दै अंक बााडेका हुन् । 


प्रतिक्रिया