सहिद स्मारक ए डिभिजन लिगमा आजबाट नवौँ चरणका खेल सुरु हुँदै

रेडियो कान्तिपुर संवाददाता

माघ १३, २०७६ | काठमाण्डौ

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजबाट नवौँ चरणका खेल सुरु हुँदैछन् । नवौँ चरणको पहिलो खेलमा मध्यान्ह १२ बजे नेपाल पुलिस र एपीएफ प्रतिस्पर्धा हुनेछ । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पुलिु चौथो र एपीएफ दोस्रो जितको खोजीमा रहनेछन् । एपीएफलाई हराउन सके, पुलिस शीर्ष पाँचमा पुग्नेछ । ५ अंकका साथ तालिकाको १३ औँ स्थानमा रहेको एपीएफ पनि विभागीय डर्बीमा जित निकाल्दै तालिकामा सुधार गर्न चाहान्छ ।

सोही मैदानमा दिउँसो ३ बजे मच्छिन्द्र क्लब र थ्रीस्टार आमने सामने हुनेछन् । उपाधि होडमा रहेका दुबै टोली एकअर्काविरुद्ध जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा रहेका छन् । थ्रीस्टारलाई हराउन सके, मछिन्द्र शीर्ष स्थानमा पुग्नेछ । हारले थ्रीस्टारले शीर्ष स्थानको आर्मीसँग अंक बराबरी गर्नेछ । दुबै टोलीमा राष्ट्रिय टोलीका सदस्यहरुको जमघट रहेकाले आजको खेल निक्कै रोमाञ्चक हुने अपेक्षा छ ।   


प्रतिक्रिया