राफेल नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा

माघ १३, २०७६ | काठमाडौं

शीर्ष वरियाताका राफेल नाडाल, अष्ट्रेलियाका डोमिनिक थिम, जर्मनी अलेक्जेण्डर भेरभेभ र स्विटजरल्याण्डका स्टेनिसलस वावरिन्का पुरुष एकल तर्फ अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

स्पेनी नाडालले घरेलु खेलाडी निक किर्गिओसलाई ६–३, ३–६, ७–६ र ७–६ ले पराजित गरे । 

अष्ट्रियाका थिमले फ्रान्सका गेईल मोन्फिल्सलाई ६–२, ६–४ र ६–४ ले पराजित गर्दा स्विटजरल्याण्डका वावरिन्काले रसियाका डेनिल मेद्भेदेभमाथि ३–२ को संघर्षपूर्ण जित निकाले । 

सातौं वरियाताका भेरभेभले भने रुसका एण्ड्रि रुब्लेभलाई सोझो सेटमा पराजित गरे ।

बेल्जियमकी एलिट मार्टेन्सलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्दै चौथो वरियातकी रोमानियाकी सिमोना हेलेपले अन्तिम ८ मा स्थान बनाईन् । 

जर्मनी एङ्गेलिक केरबर भने रुसकी अनास्तासिया पाब्लुचेन्कोभा ६–७, ७–६ र ६–२ को सेटमा पराजित भईन् । 

अर्को खेलमा स्पेनकी गार्विन मुगुरुजाले नवौं वरियाताकी नेदरल्याण्डस् खेलाडी किकी बार्टेन्सलाई ६–३ र ६–३ को सेटमा पाखा लगाईन् । 

स्टोनियाकी आनेट कोन्टाभेटले भने पोल्याण्डकी ईगा स्वेतेकलाई २–१ को सेटमा पराजित गरिन् ।  


प्रतिक्रिया