ए डिभिजन लिगमा आज नवौ चरणका थप २ खेल हुँदै

माघ १४, २०७६ | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज नवौँ चरणका थप २ खेल हुदैछन् । आजको पहिलो खेलमा बिहान साढे ११ बजे हिमालयन शेर्पा र सरस्वती युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा शेर्पा दोस्रो र सरस्वती पहिलो जितको खोजीमा रहनेछन् ।

 जारी सिजन खराब प्रर्दशन गर्दै आएका दुबै टोली नवौँ चरणमा भने प्रर्दशन सुधारको योजनामा रहेका छन् । जारी सिजन मात्र १ बराबरीको नतिजा निकालेको सरस्वतीले ७ खेल गुमाएको थियो ।

सोही मैदानमा दिउँसो ३ बजे विभागीय त्रिभुवन आर्मी र जालाखेल युथ क्लब आमने सामने हुनेछन् । उपाधि दाबेदार आर्मी छैठौँ जितसँगै शीर्ष स्थानमा फर्कने योजनामा रहदा, जावलाखेलपनि बलियो टोलीलाई हराउँदै शीर्ष पाँचमा पुग्ने दाउमा रहेको छ ।

यसअघि हिजो भएका खेलमा मछिन्द्रले थ्रीस्टारलाई २–० ले तथा पुलिसले एपीएफलाई १–० ले पराजित गरेका थिए ।


प्रतिक्रिया