एष्टन भिल्ला काराबाओ कप फुटबलको फाइनलमा

माघ १५, २०७६ | ..

एष्टन भिल्ला काराबाओ कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा लेष्टर सिटीलार्ई २–१ ले हराउँदै एष्टन भिल्लाले समग्रमा ३–२ को जित निकाल्दै उपाधि यात्रा तय गरेको हो । 

यी दुई टोलीबीचको पहिलो लेग एक एकको बराबरीमा सकिएको थियो । घरेलु मैदानमा खेलको १२ औ मिनेटमा माट टारगेटको गोलबाट अग्रता बनाएको एष्टन भिल्लाले ७२ आौ मिनेटमा गोल खाएको थियो । 

केलेची ईन्हान्चोले गोल गर्दै लेष्टर सिटीलाई बराबरीमा पुर्‍याएका थिए । नाटकिय खेलको ईन्ज्युरी समयमा महम्मद हसनले गोल गर्दै एष्टन भिल्लालाई जित दिलाएका हुन् । खेलमा ६२ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि लेष्टरका आधा दर्जन प्रहार विफल भएका थिए । सन् २०१५ को एफए कप फुटबलको फाईनल खेलेयता एष्टन भिल्लाको यो पहिलो फाईनल यात्रा हो । 


प्रतिक्रिया