सहिद स्मारक ए डिभिजन लिगमा आज मनाङ र संकटा भिड्ने

माघ १५, २०७६ | ललितपुर

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक मात्र खेल हुदैछ । आज उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबको सामना गर्नेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे मैदान उत्रदा मनाङ पाँचौ जितसंगै शीर्ष स्थानको आर्मीसंगको दुरी १ मा कायम गर्ने योजनामा हुनेछ । 

उपाधि होड कायम राख्न डिफेण्डिङ च्याम्पियन मनाङलाई संकटाबिरुद्धको खेल निक्कै महत्वपुर्ण छ । मनाङलाई हराउन सके, संकटा तालिकाको चौथो स्थानमा पुग्नेछ । जारी सिजनको लिग शीर्ष ५ मा रहेर पुरा गर्ने लक्ष्यमा रहेको संकटा, बलियो टोली मनाङबिरुद्ध कम्तीमा अंक खोस्ने दाउमा रहने छ । 


प्रतिक्रिया