म्यानचेष्टर युनाईटेडले चेल्सीलाई हरायो

फाल्गुन ६, २०७६ | .

ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर युनाईटेड विजयी भएको छ । चेल्सीलाई २–० ले हराउँदै म्यान युनाईटेडले तालिकामा २ स्थान सुधार गरेको हो । युनाईटेडको जितमा एन्थोनी मार्टियल र हृयारी मागुईरीले गोल गरे ।

चेल्सीको घरेलु मैदान स्टाम्पफोर्ड ब्रिजमा ४५ औँ मिनेटमा मार्टिएलको गोलबाट अग्रता बनाएको म्यान युनाईटेडले ६६ औँ मिनेटमा अर्को गोल थपेको थियो । खेलमा ६१ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको चेल्सीले केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा घरेलु मैदानमै हार भोग्न बाध्य भयो ।

 जारी सिजन चेल्सीको यो नवौँ हार हो । हारका बावजुत पनि चेल्सी ४१ अंकमा तालिकाको चौथो स्थानमा यथावत छ ।२६ खेलबाट ३८ अंक जोडेको युनाईटेडले वोल्भरहेम्प्टन र एभर्टनलाई पछि पार्दै तालिकाको सातौ स्थानमा आईपुगेको हो ।  


प्रतिक्रिया