संकटा सेमिफाइनलमा

युभेन्टस र एसी मिलानबीचको पहिलो लेग, जुन खेल १-१ को बराबरीमा सकिएको थियो ।  

फाल्गुन ८, २०७६ | हेटौंडा

टाइब्रेकरमा वीरगञ्ज युनाइटेडलाई पराजित गर्दै संकटा क्लब तेस्रो बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविको मैदानमा आज भएको खेलमा वीरगञ्जलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै संकटा अघिल्लो चरणमा प्रवेश गरेको हो । 

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत नतिजा छिनोफानो भएको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भोलि च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । पर्सी हुने दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लब र संकटा क्लब भिड्नेछन् ।


प्रतिक्रिया