थ्रीस्टार सताक्षी गोल्डकपको फाइनलमा

फाल्गुन ८, २०७६ | झापा

ललितपुरको थ्रीस्टार क्लब झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 शिवसताक्षी नगरपालिका ११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोलले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारको जितमा अनन्त तामाङ, अशोक खवास र कप्तान विक्रम लामाले दोस्रो हाफमा गोल गरे । 

आयोजकका पदम भट्टराईले इन्जुरी समयको तेस्रो मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएका थिए ।

प्रतियोगिताको अन्तिम सेमिफाइनलमा भोलि ए डिभिजन लिग विजेता मछिन्द्र क्लव र विभागीय त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया