सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण आज सुरु हुँदै

फाल्गुन ९, २०७६ | धनगढी

सर्बाधिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगीताको चौथो संस्करण आज सुरु हुँदैछ । धनगढी रंगशालामा हुने प्रतियोगीताको उद्घाटन खेलमा सर्लाहिको बाग्मती युवा क्लब र पाहुना टोली भारत दार्जेलिङको कञ्चनजंघा एफसी प्रतिस्पर्धा गर्नेछन् ।

 सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गोल्डकपको उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । उद्घाटन खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । सुदुरपश्चिम ११ स्र्पोटिङ क्लबको आयोजनामा हुने प्रतियोगीतामा २ विदेशी सहित १२ टोलीको सहभागीता रहेको छ । जसमा ए डिभिजन लिग खेल्ने ६ टोली रहनेछन् । 

२० गतेसम्म चल्ने गोल्डकपको उपाधि विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैया हात पार्नेछन् । 


प्रतिक्रिया